वैदेशिक रोजगारी छोडेर व्यावसायिक माछापालन

गोरखा। वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् ।

तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् ।

 

सो¥हजना युवक मिलेर सहारा कृषक समूहमार्फत १३ वटा पोखरीमा माछापालन गरिएको समूहका अध्यक्ष सुरज आलेले बताए । यीमध्ये आठजना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही व्यवसाय गर्ने अठोटका साथ फर्किएका हुन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए ।

 

यहाँ वर्षमा दुई पटक माछा उत्पादन गर्ने गरिन्छ । थापाले भने, “बजारमा पठाउँदा प्रतिकेजी रु ३०० मा पठाइन्छ भने एक÷दुई किलो बेच्दा प्रतिकेजी रु ४०० पर्छ ।’ आँबुखैरेनी, गोरखा, मनकामना, मुग्लिन, पोखरा, चितवन जस्ता सहरमा माछा बिक्री गर्न लगिन्छ । विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर कम दुःखमै स्वदेशमा मनग्य आम्दानी भएको ती युवा बताउँछन् ।

 

व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ । पोखरी खन्न कार्यालयबाट रु एक लाख ४० हजार प्राप्त भएको थापाले बताए । पोखरीको सङ्ख्या वृद्धि गरी थप माछापालन गर्ने तयारीमा उनीहरु जुटिरहेका छन् । अहिलेसम्म रु ३० लाख भन्दा बढी लगानी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *