वन्दैछ बुलबुले

सुर्खेतको पर्यटकिय स्थल वुलवुले उद्यानको विकासको लागि ५ करोड रुपैयाको टेन्डर भएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिले माग गरेपछि सहरी विकास मन्त्रालयले उद्यानको विकासको लागि ५ करोड रुपैयाको टेन्डर गरेको हो ।


यही असार १९ गते सहरी विकास मन्त्रालयले पर्खाला लगाउने, पार्कभित्रको सडकको स्तर उन्नति गर्ने, बनभोज स्थल बनाउने लगायतका अन्य सहायक कमहरु गर्ने गरी टेन्डर गरेको उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो ।

बुलवुले उद्यानको विकासको लागि टेन्डर भैइसकेकोले आगामी भदौ असोज महिनाबाटै निर्माणको काम थाल्ने पनि उहाँले जानकारी दिनुभयो ।
नगरविकास समितिको अध्यक्ष भए लगत्तै कोइरालाले मध्यपशिचमकै सुन्दर पर्यटकिय स्थल वुलवुलेको विकासमा जोड दिदै आउनु भएको छ ।
अहिले उहाँले विभिन्न निकाय, संघसंस्थाहरुसँग समुन्वय गरी वुलवुले उद्यानभित्र वोटानिकल पार्क, वालउद्यान लगायतका कामहरु पनि अघि वढाउनु भएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्वराज श्रेष्ठले वहुवर्षिय योजना अन्तर्गत वुलवुले उद्यानको विकास गर्न थालेको बताउनु भयो ।
उहाँले ढिलोमा डेढ÷दुई वर्षभित्रै निर्माणको काम सक्ने योजना रहेको पनि जानकारी दिनुभयो । वुलवुले उद्यानको विकास पछि यसको रुपरेखा नै परिवर्तन हुने विस्वास समेत उहाँले व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *