२०७४ तीजको चहलपहल …

७ भदाै २०७४,

हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाइ मनाईयको छ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ ।

दर खाने दिनदेखि नै हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहेको छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको गरेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि देशका विभिरन्न क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुुरु भएको छ ।

परापूर्वक कालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *