भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको नेपालको राजासंग सम्बन्ध

मुख्य मन्त्री योगी आदित्यनाथ र नेपालको शाही परिवारबीच नजिकको सम्बन्ध रहेको भारतीय मिडियामा खबर छन्। इकोनोमिस्ट टाइम्समा छापिएको खबरमा आदित्यनाथ र उनको ‘गोरखनाथ मठ’को हिन्दु बहुसङ्ख्यक नेपाल र त्यहाँको शाही परिवारको साथ विशेष सम्बन्ध रहेको बताइएको छ । जब पूर्व राजा ज्ञानेन्द्रले ‘विराट हिन्दु महासम्मेलन’ गत कार्तिकको पहिलो साता आयोजना गरेका थिए, आदित्यनाथलाई पनि निमन्त्रणा थियो। गोरखनाथ मठ दुई मन्दिर सञ्चालन गर्छ, एक मन्दिर नेपालमा छ र अर्को मन्दिर गोरखपुरमा, खबरमा लेखिएको छ। नाथ र उनको ‘गोरखनाथ मठ’को हिन्दु बहुसङ्ख्यक नेपाल र त्यहाँको शाही परिवारको साथ विशेष सम्बन्ध रहेको बताइएको छ । जब पूर्व राजा ज्ञानेन्द्रले ‘विराट हिन्दु महासम्मेलन’ गत कार्तिकको पहिलो साता आयोजना गरेका थिए, आदित्यनाथलाई पनि निमन्त्रणा थियो। गोरखनाथ मठ दुई मन्दिर सञ्चालन गर्छ, एक मन्दिर नेपालमा छ र अर्को मन्दिर गोरखपुरमा, खबरमा लेखिएको छ। आदित्यनाथले करिब २ वर्षअघि नेपाल धर्मननिरपेक्ष राष्ट्र घोषित हुँदा यसको आलोचना गरेका थिए । भारतीय पत्रिका लेख्छ, ‘उनले यो फैसला फिर्ता लिन माग गरेका थिए, तर दिल्लीमा केन्द्र सरकारले उनको माग सुनिदिएन ।’ नेपालको लागि एक पूर्व भारतीय दूतको हवाला दिदै खबरमा लेखिएको छ, ‘ अब योगी मुख्यमन्त्री बनेपछि के केन्द्र सरकारको नेपाललाई लिएर अडान परिवर्तन होला ?’ लेखिएको छ, नेपालको पूर्व राजपरिवार गोरखा थिए र गुरु गोरखनाथलाई मान्थे। नेपालका राजा विरेन्द्र यो मठको परम्पराका प्रतीक थिए र कयौं वर्षदेखि उनले नेपालमा मकर सक्रान्ति मनाउन सुरु गरेका थिए । भारतीय मिडिया लेख्छ, गोरखनाथ मठ पूर्व महन्त अवैद्यनाथ जसलाई योगी आदित्यनाथ गुरु मान्छन्, राजा विरेन्द्र पनि महन्त अवैद्यनाथलाई गुरु मान्दथे। सन् १९९२ मा राजा विरेन्द्र स्वयम काठमाडौंबाट गोरखपुर मठ पुगेका थिए । खबरमा थप लेखिएको छ, यस्तो विश्वास गरिन्छ कि सन् १९९० मा महन्त अवैद्यनाथको सल्लाहमा नै राजा विरेन्द्रले नेपाललाई हिन्दु राष्ट्र, हिन्दु राजा र गौहत्यामा प्रतिबन्द लगाउने निर्णय गरेका थिए । राजा विरेन्द्र र उनको परिवारको हत्या पश्चात महन्त अवैद्यनाथले राजा विरेन्द्र र परिवारको हत्या राजकुमार दिपेन्द्रले गरेको अस्वीकार गरेका थिए, इन्कार गरेका थिए । सन् २०१४ मा योगी आदित्यनाथलाई मठको महन्त बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *