कुपिण्डे ताल सम्बन्धी नयाँ तथ्याङक सार्वजनिक – २०७३

शे फोक्सुण्डो मिडिया प्रा.लि.ले करिव २ महिना लामो ताल सम्वन्धी अध्ययन पछि ताल सम्वन्धी तथ्याङ्क व्यवस्थापिका संसद अर्थ समितिका सभासद प्रकाश ज्वालाले सार्वजनिक गरेका हुन  । प्रतिवेदन अनुसार ताल २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लाको पर्यटकिय स्थल कुपिण्डे ताल ३४ मिटर गहिरो भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यस्तै कुपिण्डेतालको लम्वाई ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर चौडाइ रहेको छ । समुन्द्र सतह देखि ११ सय २० मिटर उचाइमा रहेको तालमा हाल ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको प्रमुख आर्कषणको रुपमा रहेको तालको संरक्षण तथा विकासका लागि सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले थप वल प्रदान गर्ने व्यवस्थापिका संसद अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताए । “ताल सम्वन्धी धेरैपटक अध्ययनहरु भए तर आधिकारीक अवस्थाको जानकारी भएको थिएन अहिलेको अध्ययनले यसको आधिकारिक अवस्था सार्वजनिक गरेको छ ।” ज्वालाले भने । तालको विकास तथा संरक्षणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ज्वालाले गरे।

 

प्रतिवेदन सार्वजनिक गरेपछि अर्थ समितिका सभापति ज्वालाले प्रतिवेदन जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी निम वहादुर ओलीलाई हस्तान्तरण गरेका थिए ।

कुपिण्डेतालको विकास र संरक्षणका लागि तथा यसको सम्भावनका लागि विज्ञहरुको टोलीले गरेको तालको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको शे फोक्सुन्डो मिडिया प्रा.लि.का अध्यक्ष जिवन विसीले जानकारी दिए। “हामीले कुपिण्डेताल लगायत अन्य जिल्लाका तालहरुको संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान अगाडी वढाएका छौ । यसले तालको समग्र विकासका लागि ठुलो योगदान दिनेछ । ” अध्यक्ष विसीले भने ।

ताल संरक्षणका लागि आगामी दिनहरुमा प्रतिवेदनकै आधारमा ताल संरक्षण गुरुयोजना वनाउने जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी निम वहादुर ओलीले जानकारी दिए। “यो भन्दा पहिले पनि तालको वारेमा अध्ययन गरियो तर त्यसको आधिकारिता भएन अहिले अध्ययनबाट धेरै कुरा आएको छ यसको विकासका लागि जिल्ला विकासले गुरुयोजना वनाइ कार्यन्वयन गर्नेछ । ” ओलीले भने ।

https://www.facebook.com/naturalsnap.pawan/

Natural Snap

Leave a Reply

Your email address will not be published. Required fields are marked *