पाँच घण्टा ढिला गरी मतगणना सुरु विराटनगर महानगर

विराटनगर: विराटनगर महानगरपालिकामानिर्धारित समय भन्दा पाँच घण्टा ढिलो गरी मत गणना सुरु भएको छ।दोस्रो चरणको निर्वाचनभएका तीनवटा प्रदेशमा यो मात्र एउटा महानगर हो।

महानगरको मत परिणामको विषयमा देशभर चासो भई रहँदायहाँको मत गणना भने विहीबार ढिलो गरी मात्र सुरु भएको हो ।विहीबार चार पटकसम्म समय सरेर मत गणना सुरु भएको थियो।

राजनीतिकदलले प्रतिनिधि संख्या बढाउनु पर्ने प्रस्ताव राखेपछि ढिलाई भएको मत गणना साढे ४ बजेबाट सुरु भएको हो । विराटनगर वडा नम्बर १ को दुईवटा बाकस खोलेर गणना सुरु गरिएको हो ।पहिलादुई बाकसमा१ हजार २४ मत रहेका छन।

बिहान ११ बजे मुख्यनिर्वाचनअधिकृतको कार्यालय, राजनीतिकदल र स्थानीयप्रशासनकाअधिकारीबीच सर्वपक्षीय बैठक बस्ने तय भएपनिदलकाप्रतिनिधि नआएपछि बैठक ढिलो गरी सुरु भएको थियो।

बैठकमा दलकाप्रतिनिधिले निर्वाचनआयोगले निर्धारण गरेको एक दल एक प्रतिनिधि राख्ने प्रावधानको साटो दुई जनाप्रतिनिधि राख्नु पर्ने माग गरेकाथिए । यसमा सहमति जुटाउन विलम्बहुँदा गणना फेरि दोस्रो पटक पछि धकेलिएको थियो। दिउँसो १ बजेबाट गणना सुरु गर्ने भनिएपनि ढिलाई हुनगएको मुख्यनिर्वाचनअधिकृत विनोद कुमार पोखरेलले बताउनुभयो।उहाँले भन्नुभयो,‘सबै प्रक्रिया पुर्याएर साढे ४ बजे मत गणना सुरु गरिएको छ।’

मत गणना स्थलआदर्श विद्यालयको कोठामा बिजुली सर्ट भई विद्युत गएपछि त्यसलाई मिलाउनथप समय लागेपछि तेस्रो पटक पनि गणना पछि सारियो । २४ अ‍ैं घण्टा बिजुलीको व्यवस्थाहुनुपर्ने मागदलकाप्रतिनिधले गरेकाथिए। आदर्श विद्यालयमामत गणना हुने कोठामा बिजुलीबत्ती दुरुस्त बनाउनवायरिङ परीक्षण गर्दा एक्कासि बिजुली सर्ट भई आगो उठेको थियो।

गणनास्थलको कोठामा बाकस मतदान स्थलमालगाइएको सिल र बाकसमाअंकितअंक दुरुस्त देखाउनदलकाप्रतिनिधिले माग गरेपछि चौथो पटक मत गणना गर्ने समय केही पछि सारियो।संघीय समाजवादीफोरम नेपालकाजिल्लाअध्यक्षराजकुमार यादव र नेताजितेन्द्र यादवले मुचुल्कामाउल्लेख भएको बाकस नम्बर र खोल्न ठिक पारिएको बास नम्बर ‘म्याच’ गराउनआग्रह गरेकाथिए। संघीयका नेताको मागपछि मुचुल्का उठाएको पत्रल्याउन ढिलाई भएको थियो ।अध्यक्षयादवले भन्नुभयो,‘बाकस सिलगर्दा र खोल्ने बेलामा हेर्दा दुरुस्त हुनुपर्छ भनेर मागगर्नुपर्छ।’

निर्वाचनकार्यालयकाअनुसार जम्मामतदाता १ लाख १३ हजार भएपनिविराटनगरमा ८० हजार ४७७मत खसेको छ । एक लाख १३ हजार मतदाताभएपनित्यतिमात्रमत खसेको हो। मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी, रतुवामाईलगायतनगरपालिका र गाउँपालिकामा मतगणना सुरु भई सकेको छ।

देशकै ध्यान विराटनगरमा
राजनीतिक र औद्योगिक रुपमाविगतमाबनाएको विरासत र आगतको घट्दो साखबीचमहानगर घोषणा भएको यो महानगरको मत परिणामको विषयमा देशकै ध्यानतानिएको छ।

काँग्रेस चुनावमाएक्लै, एमाले र नेपालफोरम, माओवादी केन्द्र र संघीय समाजवादीफोरमबीचको गठजोडले पनिविराटनगरको परिणामबारे विभिन्न अड्कलबाजीभई रहेका छन।

एमालेले मेयरमाविनोद ढकाल र नेपालफोरमले सूचीचौधरीलाई उपमेयर, संघीय समाजवादीले उमेश यादवलाई मेयर र माओवादीले नमितान्यौपानेलाई उपमेयरमा उठाएका छन। काँग्रेसले भने भीम पराजुलीलाई मेयर र इन्दिरा कार्की(इन्दु) लाई उपमेयरमा उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *