अछामको मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादीका लोकबहादुर

१७ असार, अछाम । यहाँको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका लोकबहादुर बोहोरा ४५०९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनबाटै नेपाली कांग्रेसका धनबहादुर शाह ४४०८ मतका साथ विजयी भएका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वी एमालेका डम्बर नेपालीले ३९९२ मत र उपाध्यक्षकी प्रतिद्वन्द्वी एमाले कै सविता महतले ४००२ मत ल्याइन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *