बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा कांग्रेसका मुक्तिनाथ यादव विजयी

१७ असार,बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका मुक्तिनाथ यादव ६२०७ मत प्राप्त गरी विजयी भएका छन् ।

 

निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद ज्ञवालीले ५७६३ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै सुशीला गिरी ६३६४ मतका साथ बिजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी टिका सम्सली मगरले ५६८५ मत प्राप्त गरेकी छन् । मेयरमा पराजित ज्ञवाली एमालेका जिल्ला अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *